पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

’गोलमाल ५’ को तयारीमा निर्देशक रोहित शेट्टी

२०८० माघ ४, बिहीवार २१:३० बजे

काठमाडौं : निर्देशक रोहित शेट्टीले फिल्म ’गोलमाल ५’ ल्याउने भएका छन् ।
’गोलमाल’ फिल्मलाई दर्शकले खुबै मनपराएका थिए । कमेडी फिल्मलाई दर्शकले रूचाएसँगै उनले ’गोलमाल ५’ ल्याउने तयारी गरेका छन् ।
रोहितले निर्देशन गरेको वेब सिरिज ’इन्डियन पुलिस फोर्स’ छिट्टै रिलिज हुँदैछ । यो वेब सिरिजमा अभिनेत्री शिल्पा शेट्टी, सिद्वार्थ मल्होत्रा, विवेक ओबेरायलगायत कलाकारको अभिनय छ । रोहित अहिले वेब सिरिजको प्रचारप्रसारमा लागिरहेका छन् ।
उनले भारतीय संचारमाध्यम पिंकभिलासँग कुराकानी गर्दै ’गोलमाल ५’ को तयारीमा रहेको बताएका हुन् । उनी आगामी दुई वर्षभित्र फिल्म रिलिज गर्ने तयारीमा छन् ।
हाल उनी सिनेमा क्षेत्रमा आएको परिवर्तन नियालिरहेको र यो अरू फिल्मभन्दा भव्य हुने बताएका छन् । उनका फिल्म ’गोलमाल फन अनलिमिटिड’, ’गोलमाल रिटर्न्स’, ’गोलमाल ३’ र ’गोलमाल अगेन’ लाई दर्शकले मनपराएका थिए। यो फिल्मपछि ’गोलमाल ५’ लाई पनि दर्शकले मन पराउने रोहितको विश्वास रहेको छ ।