पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

शनिबार पिपलको पुजा किन गरिन्छ ?

२०८० माघ १३, शनिवार ०६:४७ बजे

काठमाडौं- शनिबार पिपलको परिक्रमा, पूजा गर्नु, दियो बाल्नु तथा जल चढाउनु अति नै शुभ मानिन्छ। धर्मशास्त्रमा वर्णन भए अनुसार पिपलको पूजा केबल शनिबार मात्र गर्नुपर्दछ । पुराणमा भनिए अनुसार समुन्द्र मन्थनको समयमा देवी लक्ष्मी भन्दा अगाडि उनकी दिदि, अलक्ष्मी उत्पन्न भईन्, र पछि लक्ष्मी आइन् । अनि देवी लक्ष्मीले श्रीविष्णुको रुप धारण गरिन, यसबाट अलक्ष्मी रुष्ट बनिन।यस्तो देखेर श्रीविष्णुले अलक्ष्मीलाई आफ्नो प्रिय वृक्ष (बासस्थान) पिपलको वृक्षमा बस्ने आदेश दिए र भने यहाँ तिमी आराधाना गर। म समयसमयमा तिमीलाई भेट्न आइरहन्छु साथै देवी लक्ष्मीले पनि भनिन, म प्रत्येक शनिबार तिमीसँग भेट्नको लागि पिपल वृक्षमा आउने गर्छु।

भनिन्छ यही कारण शनिबारका दिन श्रीविष्णु र देवी लक्ष्मी पिपलको वृक्षमा बस्ने गर्दछन्। त्यसैले शनिबारको दिन पिपलको वृक्षको पूजा गर्नु, बत्ती बाल्नु तथा जल वा तेल चढाउँदा वा परिक्रमा गर्दा पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ। साथै धन धान्यको पनि वृद्धि हुन्छ भन्ने विश्वास छ। भक्तजनको यही विश्वासका कारण नै शास्त्रमा पिपललाई देव वृक्ष भनिएको छ।गीतामा भगवान श्रीकृष्णले त पिपलको वृक्षलाई स्वयम् आफ्नो रुप बताएका छन। श्रीकृष्ण भन्छन्, ‘अश्वत्थस् सर्ववृक्षणां’ अर्थात समस्त वृक्षहरुमा म पिपलको वृक्ष हुँ।शास्त्रमा भनिएको छ कि ‘अस्वत्थस् पूजितोयत्र पूजितास् सर्व देवतास्’ अर्थात पिपलको पूजा गर्यो भने एकसाथ सबै देवताहरुको पूजा गरेको फल प्राप्त हुन्छ।वैज्ञानिक दृष्टिकोणबाट पनि पिपललाई पूजनिय मानिन्छ। किनकि यो यस्तो वृक्ष हो जसले गर्मीमा शितलता प्रदान गर्दछ र जाडोमा तातो हावा निकाल्दछ।

पिपलबाट सधैं अक्सीजनको संचार हुन्छ। आयुर्वेदमा भनिएको छ कि पिपलको हरेक भाग जस्तै पात, फल सबै औषधीको रुपमा प्रयोगमा आउछ। यसबाट कयौं गम्भीर रोगहरुको पनि उपचार सम्भव हुन्छ।भनिन्छ कि चाणक्यको समयमा सर्पको विषको ख’तराबाट बच्नको लागि ठाउँ ठाउँमा पिपलको पात राखिन्थ्यो। पानी शुद्ध गर्नको लागी पनि जलपात्रमा ताजा पिपलको पात राख्ने प्रथा प्राचीनकाल देखि नै चलि आएको छ।

यी ५ गम्भीर रोगका लागि औषधिको काम गर्छ पिपलको पातले,हाम्रो समाजमा पिपलको पूजा गरिन्छ । धार्मिक विश्वासअनुसार लक्ष्मीको श्रापका कारण विष्णु भगवानले एकपटक वनश्पती बन्नु परेको थियो । जहाँ उनी पिपल बनेर जमिनमा उम्रिएका थिए । तर वैज्ञानिक दृष्टिकोणले पनि पिपलको महत्व कम छैन । यो मात्रै यस्तो बनस्पती हो, जो २४ घण्टा अक्सिजन दिन्छ । पिपलका पातलाई धेरै प्रकारका औषधि बनाउन प्रयोग गरिन्छ ।

त्यसैगरी पीपलको पातले मुटुसम्बन्धी रोगबाट बचाउँछ । यसका लागि पिपलका १५ ओटा ताजा पातहरु १ लिटर पानीमा उमाल्नुहोस् । त्यसलाई तबसम्म उमाल्नुहोस् जबसम्म १ लिटर पानी घटेर त्यसको तेस्रो हिस्सा नहोस् । त्यसपछि त्यसलाई चिसो बनाएर छान्नुहोस् । उक्त अर्धतरल पदार्थलाई तीन भागमा बाड्नुहोस् । त्यसपछि विहान ३ घण्टाको फरकमा खानुहोस् । हरेक दिन यस्तो गर्नाले तपाईलाई मुटु सम्बन्धी रोगको ख’तरा कम हुने छ ।

दाँतका लागि बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ । पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दाँतुनको रुपमा प्रयोग गर्नुहोस् । यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै स’मस्याबाट छुटकरा पाइन्छ ।धार्मिक विश्वासअनुसार लक्ष्मीको श्रापका कारण विष्णु भगवानले एकपटक वनश्पती बन्नु परेको थियो । जहाँ उनी पिपल बनेर जमिनमा उम्रिएका थिए । तर वैज्ञानिक दृष्टिकोणले पनि पिपलको महत्व कम छैन । यो मात्रै यस्तो बनस्पती हो, जो २४ घण्टा अक्सिजन दिन्छ । पिपलका पातलाई धेरै प्रकारका औषधि बनाउन प्रयोग गरिन्छ ।

दमका रोगीको लागि बूटी लगातार खोकी रहने (दम)को रोगीका लागि पिपलको रुख एक औषधिको रुपमा काम गर्छ । यसका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस् । त्यसको चूर्ण बनाएर दम रोगबाट ग्रसित बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस् । तीन महिनासम्म नियमित रुपमा यस्तो चूर्ण सेवन गरे दम रो’ग पूर्ण रुपमा निको हुन्छ ।

रुघा–खोकीको अचूक औषधि मौसममा आउने बदलीका कारण हुने सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्नुहोस् । पिपलका ५ ओटा पात सफा पानीले पखालेर दुधसँग उमाल्नुहोस् । यसमा चिनी हालेर बिहान र साँझ पिउने गर्नुहोस् । दुई दिनमै तपाईको रुघा–खोकी ठीक हुने छ ।निमोनियामा राहत निमोनियाबाट ग्र’सित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाउँछन् ।