पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

आज प्रतिनिधि सभाको बैठक बस्दै

२०८१ जेष्ठ ३१, बिहीवार ०७:०४ बजे

काठमाडौं- प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुनेछ । 

संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अन्तर्गत आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको थियो । हिजोको बैठकमा सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।