पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

रुसको राष्ट्रपतिमा पुटिनको जित सुनिश्चित !

२०८० चैत्र ५, सोमवार ०८:५१ बजे

काठमाडौं : रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
चुनावी सर्वेक्षणबाट उनले ८७ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको बीबीसीले जनाएको छ ।
पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एग्जिट पोलबाट पुटिनले ८७ प्रतिशत भोट पाउने देखिएको छ । रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा विजयी हुने जनाएको छ । पुटिनले निर्वाचन जिते उनी थप ६ वर्ष कायम राष्ट्रपति पदमा रहनेछन् ।
रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म निर्वाचन भएको थियो ।