पाठशाला न्यूज
 २०८१ आषाढ १७, सोमवार    

प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा

२०८१ जेष्ठ ५, शनिवार १८:०४ बजे

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटेका छन् । 

सत्तारुढ दलका शिर्ष नेताहरु छलफल गरिरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू पनि बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच जारी छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीले यसअघि आजै बिहान कांग्रेसका नेताहरूसँग छलफल गरेर सहकारी प्रकरणमा संसदीय समिति बनाउन सहमति जनाएका थिए । 

सहकारीको रकम हिनामिना प्रकरणमा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय छानबिन समिति माग गर्दै आएको छ । सहकारी ठगिमा गृहमन्त्री लामिछाने पनि संलग्न रहेको भन्दै कांग्रेसले उनीविरुद्ध पनि छानबिन हुनुपर्ने माग गर्दै आएको छ ।