पाठशाला न्यूज
 २०८१ जेष्ठ ९, बुधवार    

राज्य व्यवस्था समितिमा बुधवार गृह मन्त्रालय बारे छलफल हुँदै

२०८० चैत्र १३, मङ्गलवार १७:३२ बजे

काठमाडौं- प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गने भएको छ ।

समितिको बुधबार बिहान ११ बजे बस्ने बैठकमा गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाइएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिएका छन् ।  

साथै उनले गृहमन्त्री रवि लामिछानेलाई औपचारिक रुपमा नबोलाइएको भएपनि गृहमन्त्री छलफलमा आउनसक्ने बताए ।