पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

कान्तिपुरका मालिक कैलाश सिरोहिया बिरुद्ध पक्राउ पुर्जी जारी

२०८१ जेष्ठ ८, मङ्गलवार १३:०२ बजे

काठमाडौं- नागरिकता किर्ते कसुरमा कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाविरुद्ध कसुरमा पक्राउ पुर्जी जारी भएको छ । धनुषा प्रहरी कार्यालयले उनीविरुद्ध आज (मंगलबार) अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।

धनुषा जिल्ला न्यायाधीश चित्र बहादुर गुरुङको इजलासले सिरोहिया बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालय, धनुषामा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध नागरिकता सम्बन्धी कसुरमा उजुरी परेको थियो।