पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस

२०८० चैत्र २३, शुक्रवार ०७:२३ बजे

काठमाडौ : न्याय परिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस गरेको छ । जिल्ला न्यायाधीशमध्ये ५३ सिट खाली रहेकोमा परिषद्ले १० जनाको नाम सिफारिस गरेको छ । बाँकी ४३ सिट आन्तरिक र खुला प्रतिस्पर्धाका आधारमा छनोट गर्नका लागि लोकसेवा आयोगले तयारी गरिसकेको छ ।
यस्तै परिषद्को बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवाका लागि पनि सिफारिस गरेको छ । परिषद्ले २ जना उच्च र २ जना जिल्ला न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको हो ।