पाठशाला न्यूज
 २०८० आश्विन ११, बिहीबार    

आजपाका अध्यक्ष साह विरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता

२०८० भाद्र २६, मंगलबार २१:२६ बजे

रौतहट–पुर्व मन्त्री एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साह, सोही पार्टीका नेता उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साह माथि जिल्ला अदालत रौतहटमा गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।
मंगलवार प्रभु साहको निर्देशनमा आफुलाइ घेरामा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरि मान मर्यादा र प्रतिष्ठामा आच पुर्याउने काम गरेको भन्दै जनता समाजबादि पार्टी नेपाल रौतहटका जिल्ला कार्यसमिती सदस्य तथा समाजवादी युवा संघ रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले जिल्ला अदालत गौरमा उनिहरुमाथी गाली बेइज्जतीको मुद्दा दिएका हुन ।