पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

अमेरिकी सिनेटर क्रिस काठमाडौँमा

२०८० भाद्र १५, शुक्रवार १५:३२ बजे

काठमाण्डौं–अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौँ आइपुगेका छन् ।
अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन शुक्रवार नेपाल आइपुगेका हुन् ।
काठमाडौँस्थित अमेरिकी राजदूतावासका अनुसार होलेनले भ्रमणका क्रममा अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने छन् ।