पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

नाराबाजीकै बीचमा राष्ट्रियसभा बैठक सञ्चालन

२०८१ जेष्ठ ८, मङ्गलवार १४:०८ बजे

काठमाडौं- राष्ट्रियसभाको बैठक पनि नाराबाजीकै बीचमा सञ्चालन गरिएको छ ।

अध्यक्ष नारायण दाहालले प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीचमा बैठक संचालन गरेपछि उनीहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

नाराबाजीका बिचमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबुल गरेका छन् ।