पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

आज पनि एमाले केन्द्रिय समिति बैठक जारी रहने

२०८० फाल्गुण ९, बुधवार ०८:५१ बजे

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।
हिजो मंगलवार देखी सुरू भएको केन्द्रिय समितिको सातौं बैठकमा ६ वटा अजेन्डामाथी छलफल जारी राखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले उदघाटन मन्तब्य दिएको सो केन्द्रिय समिति बैठकमा समसामयिक राजनीतिक अवस्थाको बारेमा सम्बोधन गरेका हुन ।
यसैगरी जारी बैठकमा सांगठनिक कामको समीक्षा, शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानको उपाय, जनपरिचालनसहित समसमायिक राजनीतिक प्रस्तावबारे छलफल हुदैँछ ।
गत फागुन ३ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरे अनुसार हिजोबाट केन्द्रिय समिति बैठक सुरू भएको हो ।