पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई राख्ने माओवादीको निर्णय

२०८० फाल्गुण २१, सोमवार ११:४४ बजे

काठमाडौं-  नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि राख्ने निर्णय गरेको छ । 

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई एमालेसमेत रहको नयाँ गठबन्धनमा राख्ने माओवादीले निर्णय गरेको हो । 

वाम एकताका लागि एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा समेट्नुपर्ने माओवादीको निष्कर्ष छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे माधव नेपाललाई कन्भिस गराएर नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने तयारी माओवादीको छ ।