पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

ललिता निवास क्षेत्र ७ दिन भित्र खाली गर्न काठमाडौँ महानगरको आग्रह

२०८० फाल्गुण ९, बुधवार ०९:४८ बजे

काठमाडौँ : ललिता निवास क्षेत्र एक साता भित्र खाली गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ ।
बुधबार सूचना जारी गर्दै महानगरले विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएकोले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरूलाई उक्त क्षेत्र खाली गर्न भनेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको ले ललिता निवास खाली गराउन महानगरले सक्रियता थालेको हो ।
तोकेको समय भित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने चेतावनी समेत महानगरले दिएको छ ।