पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

देशभर एक वर्षमा ५९ हजार ६१ उजुरी

२०८० चैत्र १५, बिहीवार १४:१९ बजे

काठमाडौं : पछिल्लो एक वर्षमा देशभर ५९ हजार ६१ उजुरी परेको छ । देशभरका २२१ मुद्दा चल्ले कार्यालयमा उक्त उजुरी परेको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए ।
तीमध्ये सबैभन्दा बढी बैंकिङ कसुर मुद्दामा उजुरी परेको उनले बताए । सबैभन्दा बढी उजुरी उपत्यकाका प्रहरी कार्यालयमा र कम कर्णाली प्रदेशमा परेको देखिएको छ ।
डीआईजी ढकालका अनुसार, बैंकिङ कसुरबाहेक अरू विभिन्न अपराधमा उजुरी परेका थिए ।