पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८१ वैशाख ३१, सोमवार ०७:१४ बजे

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ।

कांग्रेसले दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ। आजै दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने कांग्रेसले जनाएको छ।