पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

रौतहटको चन्द्रपुरमा ३ करोड लागतमा निमार्ण भएको चार्जिङ स्टेशन संचालनमा

२०८० फाल्गुन २४, बिहीबार १०:४६ बजे

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित चार्जिङ स्टेशन संचालनमा आएको छ ।
बुधबार चन्द्रपूर नगरपालिका तथा मधेश प्रदेश नव प्रवर्धन साझेदारी कोषको सहयोगमा करिब ३ करोड बराबरको लगानीमा निर्माण भएको चार्जिङ स्टेशन संचालनमा आएको हो । पुर्व पश्चिम राजमार्ग अन्तर्गत यात्रामा विद्युतीय गाडी लिएर यात्रा गर्ने चालक र यात्रुले चन्द्रपूर नगरपालिकामा रहेको डिसी फास्ट चार्जरको २४ औं घण्टा प्रयोग गर्न सहिने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले पाठशाला न्युजलाई जानकारी दिएका छन् ।
उनले देशको आवश्यकता अनुसार पेट्रोलियम पदार्थको आयात कम गर्न र आफ्नै देशमा उत्पादन भएको विजुली छिमेकी मुलुक तिर निर्यात गर्न मधेश प्रदेशकै सबैभन्दा ठूलो चार्जिङ स्टेशन रौतहटमा संचालनमा आएको बताएका छन् ।
संचालनमा आएको चार्जिङ स्टेशनमा २ वटा ३०\३० किलोवाटको सीसीएस,२\२ वटा जिबीटी पोर्ट रहेका छन् । यसका अलावा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन चार्ज गर्न अरु ६ वटा गन प्रयोग गरिएको छ । समग्रमा एक पटकमा १० वटा सवारीसाधनले चार्जिङ सुविधा पाउने निमार्ण व्यवसायी देवराज अधिकारीले जानकारी दिएका छन् ।
मधेस प्रदेशकै गौरबको आयोजनाको रुपमा तयार भएको यो चार्जिङ स्टेशनले चन्द्रपूर नगरपालिकामा क्लिन इनर्जी भेहिकल प्रयोग बढाउन सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।