पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

महरा हाजिरी जमानतमा रिहा

२०८० चैत्र ९, शुक्रवार १७:१५ बजे

काठमाडौं- माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा भएका छन्। 

यसअघि महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो।