पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

बाइडेनले भने, 'इरानले इजरायल माथी चाँडै आक्रमण गर्न सक्छ'

२०८१ बैशाख १, शनिबार ०८:०९ बजे

वासिंगटन डिसी- इरानले इजरायल माथी हमला गर्न सक्ने अमेरिकाले जनाएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारेमा जानकारी दिएका हुन । तर, उनले इरानले इजरायल माथी आक्रमण गरे रक्षाका लागि उभिने जनाएका छन् ।  

यस महिनाको सुरुमा शीर्ष कमाण्डरहरूलाई मार्ने इजरायली हवाई हमलाको इरानले बदला लिने जनाइरहेको बेला राष्ट्रपति वाइडेनले हमला हुन सक्ने जनाएका हुन् । इरान हमलाको डर बढदैँ जाँदा ‘छिटो भन्दा छिटो’ इजरायलमा आक्रमण गर्नसक्ने उनले जनाएका हुन् ।

इजरायलले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा हमला गरेको इरानको आरोप छ । तर, इजरायलले त्यसलाई स्वीकार गरेको छैन तर यसको पछाडि इजरायलको हात रहेको इरानको भनाइ रहेको छ । 

अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई इजरायलमा ठूलो आक्रमण तुरुन्तै हुनसक्ने बताएका छन् भने इजरायलले आफू आफ्नो रक्षा गर्न तयार रहेको बताएको छ।