पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन

२०८१ जेष्ठ २, बुधवार १३:२० बजे

काठमाडौं- काठमाडौं महानगरपालिकाले पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरताका लागि ११० जना जनशक्ति परिचालन गरेको छ ।

उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले ‘श्रम बैङ्क’ बाट श्रमिक लिएर परिचालन गरेको हो । । ‘श्रम बैङ्क’ ले आफूसँग सूचीकृत जनशक्तिमध्येबाट मागअनुसार पठाएको हो । 

महानगरपालिकाभित्र ११२ वटा पार्कको विवरण छ । यी पार्कको सफाइ र सुन्दरताका लागि काम गर्न १० जना रहेको १० वटा समूह बनाइएको छ ।

हरेक समूहलाई परिचालन गर्न १० जना नाइकेको व्यवस्था गरिएको छ । नाइकेहरुले वडासँग समन्वय गरेर काम सञ्चालन गर्नेछन् ।