पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

सिड्नीको मलमा छुरा प्रहार हुँदा पाँच जनाको मृत्यु भएको पुष्टि

२०८१ बैशाख १, शनिबार १४:३५ बजे

सिड्नी- शनिबार सिड्नीको एक सपिङ सेन्टरमा धेरै व्यक्तिहरु माथि छुरा प्रहार हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको अस्ट्रेलियाली प्रहरीले पुष्टि गरेको छ।

घटनामा संलग्न शंकास्पद एक व्यक्तिलाई अस्ट्रेलियाली प्रहरीद्वारा गोलि हानी मारिएको छ। 

प्रहरीले स्थानीय समय अनुसार बेलुका ४ बजे (07:00BST; 08:00GMT) वेस्टफिल्ड बोन्डी जंक्शन भित्र उक्त घटना भएको जनाएको हो।

न्यु साउथ वेल्स एम्बुलेन्सले समाचार एजेन्सी एएफपीलाई भने अनुसार आक्रमणकारी मानिने एक व्यक्तिलाई प्रहरीले गोली हानी मारेको छ ।

हाल घटना स्थल प्रहरी नियन्त्रणमा रहेको र सुरक्षित भएको अधिकारीहरुले जनाएका छन्।