पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

आज बि.स.२०८० साल,माघ ०८ गते सोमवारको राशिफल

२०८० माघ ८, सोमवार ०८:२४ बजे

बि.स.२०८० साल,माघ ८ गते, सोमवार, २२ जनवरी २०२४ । पौष शुक्लपक्ष द्वादशी । मृगशिरा नक्षत्र । चन्द्रराशि वृष, १७ः४६ बजेपछि मिथुन ।
मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बौद्धिक क्षमतामा निखारता आउनेछ । बुद्धिको उपयोगले ठूलै काम पनि सम्पादन हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ । साँझतिर वादविवादमा परिने सम्भावना छ । काममा फजुल खर्च पनि बढ्न सक्छ, सजग रहनुहोला ।
वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । पेसातर्फ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । साँझतिर प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ ।
मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइनेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ । साँझतिर परिस्थिति अनुकूल बन्नाले धनलाभ हुनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति अलि प्रतिकूल रहनेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आंशिक फाइदा भए पनि आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । खर्च जुटाउन सरसापट लिनुपर्ने हुन सक्छ ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भाग्यले कीर्तिमानी काम गर्ने अवसर दिलाउन सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । समुदायको हितमा विशेष काम गर्न सकिनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । र, साँझतिर नयाँ काम थालनी गर्न सकिनेछ ।
तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । नयाँ काममा जुट्न नसकिएला । काम बने पनि तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ । टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु

घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधन बिग्रनाले खर्च बढ्न सक्छ । निम्तो आए पनि आतिथ्य खर्चिलो रहनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला । विवादास्पद काममा हात हाल्दा आलोचित बन्नुपर्ला । साँझतिर स्वास्थ्य केही कमजोर बन्नेछ । काममा चुनौतीको समय रहनेछ ।
धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने समय छ । रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ । साँझतिर बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । आफन्तले पनि उत्साह जगाउनेछन् ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेतले विभिन्न अवसर दिलाउनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । विवाद तथा मुद्दाहरूमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । आफन्तको सहयोगले काम बनाउन सकिनेछ । व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । साँझतिर काम बन्नुका साथै आर्थिक स्थितिमा सुधार आउनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । साँझतिर साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला । बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ । शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ ।