पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

सभामुख र प्रमुख सचेतक छलफल- प्रतिनिधिसभाको आगामी तालिका तय

२०८० चैत्र १७, शनिबार १५:४३ बजे

काठमाडौं-  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकबीच शनिबार छलफल भएको छ ।

शनिबार बिहान सिंहदरबारमा भएको छलफलमा आगामी चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका बनाइएको छ । 

बैठकले आइतबारदेखि बुधबारसम्म हरेक दिन संसद संचालन गर्ने तालिका बनाइएको छ भने चैत २७, २८ र २९ गते पनि लगातार संसद संचालन गर्ने तालिका बनाइएको छ । अब आइतबार विहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।