पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

एमाले रौतहटको अध्यक्षमा सचिदानन्द साह र सचिवमा बाबुराम दहाल विजयी

२०८० माघ २९, सोमबार २२:१५ बजे

रौतहट- नेकपा एमाले रौतहटको अध्यक्षमा सचिदानन्द साह निर्वाचित भएका छन् ।

एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा साह १९३ मत ल्याइ बिजयी भएका हुन । अध्यक्ष पदमा उम्मेद्वार अखिलेश्वर चौधरीले १७४ मत पाएका छन् ।

उपाध्यक्ष पदका लागि रुपेश कुमार पटेल १३६ मतले बिजयी भएका छन भने उपेन्द्र राय यादव ३१ मत, सुरेश कुमार राय यादव ८९ मत, मणिलाल सहनी ४४ मत , चन्दन कुमार कुश्वाह ३७ मत ,राम आशिष साहले १२ मत पाएका छन् ।

यस्तै जिल्ला सचिव पदमा बाबुराम दाहालले २०२ मत पाई बिजयी भएका छन् । उनका प्रतिस्पर्धी शिव प्रसाद आचार्य ले १४७ मत पाएका छन् ।

उप सचिवमा अवधेश कुमार यादव १२९ मत ल्याइ बिजयी भएका छन् ।

माघ २५ गते एमालेका अध्यक्ष केपि शर्मा ओलीले उदघाटन गरेको १०औं जिल्ला अधिबेशनमा सहमती नजुटे पछि सोमबार मतदान भएको हो।