पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

आज २०८० साल,माघ ०१ गते सोमवारको राशिफल

२०८० माघ १, सोमवार ०७:५८ बजे

२०८० माघ १ गते,सोमवार १५ जनवरी २०२४ । पौष शुक्लपक्ष चतुर्थी तिथि, ९ः४५ बजेपछि पञ्चमी । शतभिषा नक्षत्र, १३ः०१ बजेपछि पूर्वभाद्रपदा । चन्द्रराशि कुम्भ ।
मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । विभिन्न स्रोत–साधन जुट्नेछन् । अड्किएको रकम उठ्नेछ र धन संग्रह पनि हुनेछ । थन्किएका वस्तुको उपयोग हुनेछ ।
वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिलेदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

मेहनत गर्दा मनग्य फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । तर काममा व्यवधान समेत उत्तिकै देखापर्नेछन् । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । काम देखाएर अरूको मन जित्न सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ ।
कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । चिताएको काममा बाधा पुग्नेछ भने दौडधुपमै समय बित्नेछ । परिस्थितिले अलि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ । विशेष योजना स्थगित हुन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ ।
सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथीसँग भेट हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । पेसा–व्यवसायमा मनग्य आम्दानी हुनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ । रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । टाढिएका साथीभाइ पनि नजिकिनेछन् ।
कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । शत्रुता साध्नेहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुनेछ ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर जुटे पनि अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । असफलताको समाचारले निराश तुल्याउन सक्छ । अध्ययनमा धेरै समय जुट्न नसकिएला। पेसा–व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला । कृषिकर्म र व्यावसायिक काममा सामान्य फाइदा हुनेछ । सन्तान वा अनुयायीका माध्यमबाट काम बन्नेछ ।
वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेसुरमा दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । ढिलासुस्तीले पनि काम बिग्रन सक्छ । असंयम व्यवहारले साथीभाइ टाढिन सक्छन् । अरूको साथ दिँदा उनीहरूकै फाइदाका लागि उपयोग भइनेछ । पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ । घरका समस्या बाहिरिन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला । कृषि र पशुपालनबाट सामान्य लाभ हुनेछ ।
धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आम्दानी बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।
मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभचिन्तकहरूको साथ जुट्नाले काममा उत्साह जाग्नेछ । अध्ययनमा प्रगति हुनेछ, लेखनमा निखारता आउनेछ । बोलीको भरमा काम बन्नेछ । लगनशीलताले संकल्प पूरा हुनेछ । काम दोहोर्याउनुपरे पनि कमजोर नतिजा सच्याउन सकिनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ ।
कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
सुन्दर पहिरनमा मन रमाउनेछ । आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ । कामले जीवनशैली व्यस्त रहनेछ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ । मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । पहिलेको सफलताले उत्साह जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ र मनग्य धन आर्जन हुनेछ । सानो प्रयासले नै उपलब्धि प्राप्त हुनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन् । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ ।