पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

पूर्वन्यायाधीश गिरी जेल चलान

२०८१ बैशाख ३, सोमबार १४:१५ बजे

काठमाडौं- वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । 

काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावलले कानुनी लडाई लडिरहेकी थिइन् ।

अदालतमा आत्मसमर्पण गरेका गिरिलाई थुनामा पठाइएको छ ।