पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

उप–निर्वाचन : निर्वाचन आयोगले सार्वजनिक गर्यो कार्यतालिका

२०८० फाल्गुण १८, शुक्रवार १८:४४ बजे

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख–१५ गते हुने उप–निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आगामी चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता हुने जानकारी गराएका छन् ।
आयोगका अनुसार, चैत्र २४ गते बिहान १० देखि बेलुकी ५ बजेसम्म मनोनयन हुने र सोही दिन बेलुकी ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
त्यस्तै, चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम तय भएको छ ।
उक्त उजुरीमाथि जाँचबुझ गरी सोही दिन बेलुकी ५ देखि ६ बजेसम्मा उम्मेदवारको नमावली प्रकाशन गरिने कार्यक्रम छ ।
त्यस्तै, उम्मेदवारको नाम फिर्ता लिनका लागि चैत्र २७ गते बिहान ९ बजेदेखि १ बजेसम्मको समय छुट्याइएको छ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने प्रवक्ता पौडेलले बताए ।
वैशाख १५ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यक्रममा उल्लेख छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ–१ को प्रदेशसभा–१ मा उपनिर्वाचन हुँदैछ ।