पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

सोनम वाङ्चुकले चीनको सीमामा मार्च गर्ने योजना बनाउँदा लद्दाखमा इन्टरनेट स्पीडमा रोक, धारा १४४ लागू

२०८० चैत्र २४, शनिवार २०:५७ बजे

तस्वीर: गेटी ईमेज 

लद्दाख/भारत-शिक्षा तथा पर्यावरण विद् सोनम वाङ्चुकले लद्दाखमा भारत-चीन सीमा तिर चरन भूमिको कथित अतिक्रमणको "अन्तरभूमि जाँच" को लागि सीमा मार्च गर्ने भएका छन् ।   

आईतबार अप्रिल ७ मा हुने भनि तय भएको उक्त मार्चमा सामेल हुन लद्दाखका आम जनतालाई सोनमले आह्वान गरेका छन्। जसमा दश हजार लद्दाखी जनताले सीमानामा मार्च गर्ने अनुमान गरिएको छ। 

गत महिना २१ दिने उपवासको समयमा जलवायु कार्यकर्ता सोनम वाङ्चुकले लद्दाखका जनतालाई भारत-चीन सीमामा चरन भूमिको कथित अतिक्रमणको "अन्तरभूमि जाँच" को लागि सीमामा मार्चमा सामेल हुन आह्वान गरेका थिए।

पदयात्राको कारण बताउँदै वाङचुकले भने, “एकातिर उनीहरू (लद्दाखि)ले भारतीय कर्पोरेटहरूका लागि करिब १ लाख ५० हजार वर्ग किलोमिटर मुख्य चरन भूमि गुमाउँदै छन् भने अर्कोतर्फ विगत पाँच वर्षमा उत्तरबाट चीनद्वारा भएको भारतीय भूमि अतिक्रमणले लद्दाखीहरुले व्यापक चरन भूमि गुमाउँदैछन्।" 

लगत्तै केन्द्र शासित प्रदेश लद्दाखको प्रशासनले अप्रिल ७ मा हुने तय भएको चीनको सीमातर्फ जनताको मार्चको आह्वानपछि लेहमा सिआरपिसि धारा १४४ लागू गर्ने आदेश दिएको छ। उक्त धारा १४४ ले चार वा बढी व्यक्तिहरूको ठूलो भेलालाई निषेध गर्दछ । 

लद्दाखमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै लेह जिल्ला मजिस्ट्रेटले धारा १४४ लागू गरेको हो । 

केहि प्रसाशनको जारी आदेशमा ‘साम्प्रदायिक सद्भाव, सार्वजनिक शान्तिमा खलल पार्ने र जिल्लामा शान्ति सुरक्षामा समस्या ल्याउन सक्ने खालका कुनै पनि अभिव्यक्ति दिनु हुँदैन,’ भनिएको छ । साथै लेह प्रसाशनले शनिबार देखि २४ घन्टाको लागि मोबाइल डाटा सेवाहरू 2G मा घटाउन खोजेको छ, "यसले सार्वजनिक शान्तिको लागि सामाजिक सञ्जाल मार्फत हुने खलललाई नियन्त्रण गर्न मद्दत पुग्ने दाबी समेत गरिएको छ।