पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

इरानले इजरायल माथी आक्रमण गरे पछि बाइडेनले भने, ‘जी ७ को बैठक बोलाइने छ’

२०८१ बैशाख २, आईतबार १०:१८ बजे

वासिंगटन डिसी-  इरानले आइतबार इजरायलमा ड्रोनबाट आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई समर्थन गर्ने बताएका छन् ।

साथै, बाइडेनले आक्रमणपछि इजरायलका प्रधानमन्त्रीसँग कुरा गरी आक्रमणको जानकारी लिएका थिए। इजरायली सेनाले इरानविरुद्ध कारबाही गर्न र उनीहरूलाई रोक्न अमेरिकासँग मिलेर काम गरिरहेको बताएको छ। अमेरिकी सेनाले इजरायलतर्फ उडिरहेका केही इरानी ड्रोनलाई पनि खसालेको समाचारमा जनाइएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग इरानको आक्रमणबारे छलफल गर्न इजरायलको युद्ध मन्त्रिपरिषद् र सुरक्षा मन्त्रिपरिषद्को बैठकपछि कुरा गरेका छन् । उनका अनुसार राष्ट्रपति बिडेन र नेतान्याहुबीच २५ मिनेटको कुराकानी भएको थियो ।

बाइडेनले जी ७ को बैठक बोलाउने

बाइडेनले इरानको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै ‘म यी आक्रमणको कडा शब्दमा निन्दा गर्छु’ भन्ने प्रतिक्रिया दिएका छन । बाइडेनले थप भने, ‘मैले इजरायलको सुरक्षाका लागि प्रधानमन्त्री नेतन्याहुसँग कुरा गरेको छु।’ राष्ट्रपति वाइडेनले इरानको आक्रमणबारे संयुक्त कूटनीतिक वार्ताका लागि अप्रिल १४ मा जी ७ नेताहरूको बैठक बोलाउने र इजरायली नेतासँग सम्पर्कमा रहने जनाएका छन् ।’

राष्ट्रपति बिडेनले ट्वीटरमा लेखेका छन्, ‘मैले भर्खरै मेरो राष्ट्रिय सुरक्षा टोलीसँग इजरायल विरुद्ध इरानको आक्रमणको अद्यावधिकको लागि भेटेँ। इरान र यसका प्रोक्सीहरूको खतराबाट इजरायललाई जोगाउन हामी इजरायलको साथमा छौं।’ जानकारीका अनुसार बाइडेनले प्रधानमन्त्री नेतन्याहुसँग कुरा गर्ने क्रममा इरानी आक्रमणको प्रतिक्रिया नगर्न इजरायललाई आग्रह गरेका छन् ।