पाठशाला न्यूज
 २०८१ बैशाख १२, बुधबार    

शिक्षक सेवा आयोग पत्र तयारी कक्षाको उद्घाटन

२०७९ चैत्र २९, बुधबार १८:२४ बजे

दिपु मिश्र
चन्द्रनिगाहपुर–रौतहटको चन्द्रनिगाहपुरमा चन्द्रपुर नगरपालिकाको सहयोगमा शिक्षक सेवा आयोग पत्र तयारी कक्षाको उद्घाटन गरिएको छ ।
बुधबार संर्घष युवा क्लबको आयोजनामा चन्द्रपुर वडा नम्बर ५ अम्बिका आधारभुत बिद्यालयमा चन्द्रपुर नगरका नगर प्रमुख संजय कुमार काफ्ले शिक्षक सेवा आयोग पत्र तयारी कक्षाको उद्घाटन गरेका हुन् । चन्द्रपुरका शिक्षक सेवा आयोगमा फर्म भरेका महिला तथा दलित परिक्षार्थीहरुको लागी सो कक्षाको संचालन गरिएको शिक्षक कृष्ण मुरारीले जानकारी दिएका छन् ।
विहीबार देखि जन ज्योति माध्यामिक बिद्यालयमा नियमित चन्द्रपुर वडा नम्बर १ देखि १० सम्मका करिव ७४ जना महिला तथा दलित परिक्षार्थीहरुलाई ४० दिन सम्म शिक्षक सेवा आयोग सम्बन्धि प्रयोगिक शिक्षा दिने प्रशिक्षक बसन्त सापकोटाले जानकारी दिएका छन् । नगर प्रमुख काफ्लेले यस कक्षाले भबिष्यमा महिलाहरुलाई हरेक पक्षहरुमा बलियो बनाउने बताएका छन् । मदेश प्रदेशमै यस्तो किसिमको कक्षा चन्द्रपुर नगरपालिकालेनै संचालनमा ल्याएको बताए । सो कार्यक्रमामा चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष निलहरी कोईराला, अम्बिका आधारभुत बिद्यालयका प्रधानाध्यापक मुरारी चालिसे,शिक्षक उक्तम काफ्ले लगायत परिक्षार्थीहरुको सहभागिता रहेको थियो ।