पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

रास्वपाको गुजरा नगर सभापति खातुनले पाईन नेपाल हज समिति सदस्यको जिम्मेवारी

२०८१ वैशाख २५, मङ्गलवार ०९:२० बजे

चन्द्रपुर : रौतहटको गुजरा नगरपालिकाकी निवर्तमान नगर उप–प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टि ( रास्वपा ) गुजराकी नगर सभापति रौसन खातुनले नेपाल हज समिति सदस्यको जिम्मेवारी पाउनु भएको छ ।
आईतवार गृहमन्त्रालयको निर्णय अनुसार खातुनलाई नेपाल हज समिति सदस्यको जिम्मेवारी दिईएको गृहमन्त्रालयले जानकारी दिएको छ । खातुनलाई २०८३ साल बैशाख २२ गते सम्मको लागि नेपाल हज समितिको सदस्य पदमा कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको गृहमन्त्रालयको उपसचिव कुलबहादुर जि.सीले जानकारी दिनुभएको छ ।