पाठशाला न्यूज
 २०८१ बैशाख २५, मंगलबार    

पालिका कपमा चन्द्रपुर नगरपालिका बिजयी

२०८० चैत्र १७, शनिबार १७:१५ बजे

गौर- रौतहट गौरस्थित राइस मिल्सको फिल्डमा जारी पालिका कपमा चन्द्रपुर नगरपालिका बिजयी भएको छ । 

टस जितेर मैदानमा उत्रिएको माधवनारायण नगरपालिकाको टिमले २० ओवरमा ७ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो। माधवनारायणको टिम नितेश यादवको ६५ रन र रणबीर यादवको ५४ रनको मद्दतले १ सय ७७ रन बनाउन सफल भएको हो ।दोस्रो पारीमा ब्याटिङमा उत्रिएको चन्द्रपुरको टिमले १९ ओवरमा लक्ष्य भेट्टाउदै जित हात परेको हो ।  

चन्द्रपुरका गौरव खड़काले ६९ बल मा १ सय ४ रन बनाए भने अभिषेक रौनियारले ४९ रन बनाउँदै आफ्नो टिमलाई जित दिलाउन सफल भए ।

चन्द्रपुरले माधवनारायण नगरपालिका लाई ९ विकेटले पराजित गर्दै अर्को चरण प्रवेश गरेको छ ।