पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

तीन प्रदेशमा नयाँ प्रमुख नियुक्तिको सिफारिस, सुदूरपश्चिमका नजिर मियाँ नियुक्त

२०८० फाल्गुण २८, सोमवार २०:३१ बजे

धनगढी- सरकारले तीनवटा प्रदेशमा नयाँ प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि सिफारिस गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

नयाँ प्रमुखमा मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका नजिर मियाँ सिफारिस भएका छन् । सिफारिस गरिएका तीनैजना नेकपा एमालेका हुन् ।सुदूरपश्चिममा भने नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। नेकपा एमालेका नेता तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य नजिर मियाँ सुदूरपश्चिमका नयाँ प्रदेश प्रमुख नियुक्त भएका हुन्। 

उनी अर्घाखाँची जिल्लाका हुन्। मियाँ नेपाल मुस्लिम ईत्तेहाद संगठनका पूर्व अध्यक्षसमेत हुन्।

मन्त्रीपरिषदको आज बसेको बैठकले नेपाली काँग्रेसका बाजुराका नेता देबराज जोशीलाई सुदूरपश्चिमको प्रदेश प्रमुखबाट हटाएको हो। निर्वतमान प्रदेश प्रमुख जोशीको सुदूरपश्चिमको कार्यकाल भने निर्विवाद रहेको थियो।