पाठशाला न्यूज
 २०८१ बैशाख २६, बुधबार    

आयरल्याण्ड ए टिम नेपाल आउदै, टी-२० तथा एकदिवसीय सिरिज खेल्ने

२०८० फाल्गुन २०, आईतबार १८:५२ बजे

काठमाडौं- आयरल्याण्ड क्रिकेटको ए टिम नेपाल भ्रमणमा आउने भएको छ । नेपालमा आयरल्याण्ड ए ले नेपालको राष्ट्रिय टिम र नेपाल ए विरुद्ध टी-२० तथा एकदिवसीय सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आयरल्याण्ड ए ले नेपालको राष्ट्रिय टिमसँग २ वटा टी-२० खेल खेल्ने छ भने नेपाल ए सँग ३-३ खेलको टी-२० र एकदिवसीय सिरिज खेल्ने भएको छ ।

क्यानका अनुसार नेपाल र आयरल्याण्ड ए टिमबीच आगामी मार्च २४ र २५ मा टी-२० खेल हुने छन् ।

त्यस्तै मार्च २८, २९ र ३१ मा नेपाल र आयरल्याण्ड ए बीच टी-२० सिरिजका खेलहरु हुने छन् भने अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल हुने छन् ।