पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

आज अन्तर्राष्ट्रिय मुख स्वास्थ्य दिवस मनाईँदै

२०८० चैत्र ७, बुधबार १०:४७ बजे

फाईल तस्वीर

काठमाडौं : अन्तर्राष्ट्रिय मुख स्वास्थ्य दिवस, नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च २० का दिन मुख स्वास्थ्यसँग सम्बन्धित सन्देश फैलाउन यो दिवस मनाइन्छ ।
मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गालालगायत मुख वरिपरिका अंगको स्वास्थ्यलाई बुझिन्छ । मुख स्वस्थ भयो भने मात्रै शरीर स्वस्थ रहन्छ । मुखकै कारण शरिरका अन्य अंगमा विभिन्न रोग लाग्छ । त्यसैले मुख स्वास्थ्यमा विषेश ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।
मुख स्वास्थ्य अन्तरगत दाँत सबैभन्दा बढी संवेदनशील मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ६ अर्ब ७५ करोड मानिस दाँतको रोगबाट पीडित छन् । एकदेखि ९ वर्ष सम्मका ५१ .२ प्रतिशत दाँतको उपचारको पहुँच बाहिर छन् । नेपाल सरकारले २०७० मा राष्ट्रिय मुख स्वास्थ्य नीति पारित गरिसकेको छ ।
तर, हालसम्म पनि यसको कार्यान्वयन भएको छैन । मुख स्वास्थ्य निर्देशिका २०७१ मा नै नेपालमा दन्त चिकित्सक अस्पताल स्थापना गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, प्रादेशिक अस्पतालमा थप दरबन्दी सृजना गर्ने भनेर घोषणा गरेको थियो ।