पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

हमासको आक्रमणमा परि इजरायलमा १० जना नेपालीको मृत्यु

२०८० आश्विन २१, आइतवार २२:३० बजे

काठमाडौं- हमासको आक्रमणमा इजरायलको एक विश्वविद्यालयमा करिब १० नेपाली विद्यार्थीको मृत्यु भएको इजरायलका लागि नेपाली राजदूतले आइतबार पुष्टि गरेका छन् । सिक र कमाउ कार्यक्रम अन्तर्गत दक्षिणी इजरायलको कुबुज अल्युमिममा १७ नेपाली विद्यार्थी थिए।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन् ।

मृत्यु र घाइते हुनेहरुको विवरण: