पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

मेयर सिंहले किर्ते हस्ताक्षर प्रयोग गरि बनाएका थिए रुबिना श्रेष्ठको जन्मदर्ता

२०८० माघ २९, सोमबार ०९:०९ बजे

जलेश्वर सर्राफ 

वीरगंज- वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले किर्ते नागरिकता दिलाइदिएको आरोप लागेको युवती रुबिना श्रेष्ठको जन्म दर्ता समेत पनि किर्ते रहेको रहस्य सार्वजनिक भएको छ ।

मेयर राजेशमानले गरेको नागरिकता किर्ते काण्ड छानबिनका लागि वीरगंज पुगेको मन्त्रालयको टोलीलाई मेयर सिंहले आफूले दुईवटा विवाह(वहुविवाह) गरेको र उसबाट जन्मेको सन्तानलाई नागरिकता दिलाइदिएको र ती युवती आफ्नै छोरी भएको भन्दै बचाउमा बयान दिएका थिए । यद्यपि उनले छोरी भन्दै रुबिनालाई दिलाएको जन्मदर्ता नै किर्ते र नक्कली भएको सो प्रमाण पत्र जारी गर्ने वडा कार्यालयले जनाएको छ ।

मेयर सिंहले नक्कली कागजात खडा गरेर २०७१ कात्तिक २० गते तत्कालीन वीरगंज उपमहानगरपालिका कार्यालयबाट त्यो जन्म दर्ताको प्रमाण पत्र बनाएका थिए । निज मेयर राजेशमान कि पत्नी कहलिएकि रिता भट्टराईले अंश सम्बविच्छेद मुद्दाको लागी जिल्ला अदालत पर्सामा पेश गरेको उक्त जन्मदर्ता प्रमाण पत्रको फर्म स्थानीय पञ्जिकरण अधिकारी भिखारी रायको नामबाट जारी भएको देखिन्छ । तर, भिखारी रायले उक्त जन्म दर्तामा प्रयोग भएको हस्ताक्षर र नाम मैले लेखेको होईन त्यसलाई किर्ते गरिएको भिडियो बयान दिएका छन् । रायले उक्त प्रमाणपत्रमा गरिएको हस्ताक्षर र आफ्नो हस्ताक्षर फरक रहेको दाबी गरेका छन् । ‘यो जन्मदर्ता मेरो हस्ताक्षरबाट जारी भएकै होइन,’ रायले भने, ‘किर्ते स्ट्याम्प र हस्ताक्षर गरेर यो जन्म दर्ता बनाइएको छ ।’

यता सोही किर्ते जन्म दर्ताको आधारमा मेयर राजेशमान सिंहले विद्यालयका कागजात, नागरिकता, पासपोर्ट लगायतका सम्मपुर्ण कागजात बनाएको हो भन्दै उनले जन्म दर्तामा भएको कीर्तेबारे जुनसुकै निकायमा बयान दिन तयार रहेको बताएका छन् ।

राजेशमान सिंहले वीरगंज उपमहानगरपालिका कार्यालय, वीरगंज पर्साको दर्ता नम्बर २३४४ राखेर पारिवारिक लगत विवरण फारम नं. १०६/२०७१/२०७२ बाट जन्मदर्ताको प्रमाणपत्र तयार गरेका थिए । जन्म दर्ताको प्रमाणपत्रमा स्थानीय पञ्जिकरणको किर्ते हस्ताक्षर मात्र नभई बुवा भनिएको राजेशमान सिंहको नागरिकता नम्बर र आमा भनिएको रिता भट्टराईको नागरिकता नम्बर समेत गलत उल्लेख रहेको भेटिएको छ।

अब यी किर्ते नागरिकता प्रकरणको छानबिन प्रक्रिया थप पेचिलो बन्दै गएपछि शनिबारको दिन गृहमन्त्रीको कार्यालयबाट खटिएका टोली समक्ष मेयरले कारबाहीबाट जोगिनको निमित्त आफ्नो दुईवटा श्रीमती रहेको र ती रुबिना भन्ने नक्कली छोरी मेरो सक्कली छोरी हुन भनेर बयान गृह मन्त्रालयको समितिलाई दिएका थिए । सो बयानले मेयर पदको उम्मेदवार बन्दा निर्वाचन आयोगलाई तथा बैंकको के.वाई.सी फर्म समेतमा पारिवारिक विवरण ढाँटेको आरोप लाग्न थालेपछि बहुविवाहको बयान २४ घन्टा न वित्दै अर्थात भोलिपल्ट मेयरले नागरिकता दिलाइदिएका युवती रुबिना श्रेष्ठको आमा दाबी गर्ने रिता भट्टराईले मेयर सिंह आफ्नो श्रीमान भएको दाबी गर्दै मेयर सिंह संग आफ्नो पतिको नाता कायमको हकले जिल्ला अदालत पर्सामा अंश र छोडपत्रको फिराद दर्ता गराएकी थिइन् ।आफू मेयर सिंहको प्रेमिका भएको र उनले आफ्नो छोरीलाई बनाइ दिएको सबै कागजातको कारण पनि आफू श्रीमती भएको पुष्टि हुनेगरी दाबी गर्दै भट्टराईले अंश र छोडपत्रको मुद्दा दायर गरेकी थिइन् । भट्टराईले अदालतमा पेश गरेको विभिन्न महत्त्वपूर्ण कागजातहरु मध्ये जन्मदर्ताको प्रमाणपत्र पनि एक थियो । सोही जन्मदर्ताको विवरण परिक्षण गर्दा स्थानीय पञ्जिकरण अधिकारीले सो विवरण फर्जी भएको बयान दिएका हुन् । 

२४ पुस २०८० मा मेयर सिंहकोे किर्ते नागरिकता प्रकरणमा विभिन्न सरकारी निकायहरूमा उजुरी परेको थियो। त्यसअघिसम्म एक श्रीमती र छोरा मात्रै रहेको बताउने मेयर तथा मेयर कि श्रीमती अन्नपूर्ण मानन्धरले दाबी गर्दै आएका थिए। अर्कै युवतीलाई बाबुको हैसियतमा झुटो विवरण पेश गरेर नागरिकता बनाइदिएको सार्वजनिक भएको थियो।

नागरिकता किर्तेमा कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरीका कार्यालय पर्सामा समेत जाहेरी दर्ता भएको थियो । तर, जिल्लाका सरकारी निकायहरूले मेयर सिंहलाई कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । जाहेरी परेको एक महिना पुगी सक्दा पनि छानबिनको दायरामा नपरेका मेयर सिंहले पर्याप्त समय पाउँदा प्रमाण नष्ट गर्न र अनुसन्धान प्रभावित गर्न भरपुर चलखेल गर्दै आईरहेका छन् । 

हालसम्म मेयर सिंहले नक्कली छोरी र नक्कली नागरिकता मात्र लुकाएका हुन लागेको थियो तर यीनले नक्कली बहुविवाह समेत नै लुकाएका रहेछन्। मेयरले सरकारी निकायलाई नागरिकता प्रकरणमा ढाँट्न शनिबार बहुविवाहको बयान दिएका थिए। तर, सो बयान लगत्तै थप अप्ठ्यारोमा पर्ने देखिएपछि उनले कान्छी श्रीमती भनिएकी रिता भट्टराईलाई बयानको २४ घण्टा नबित्दै सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्न लगाए । भट्टराईले अदालतमा दर्ता गरेको फिराद पत्रमा आफू सिंहको श्रीमती कायम रहेको दाबी गरिएको छ तर त्यसलाई प्रमाणित गर्ने विवाह दर्ताको कागजात त्यसमा संलग्न गरिएको छैन । मेयर सिंहले रुबिनाका नाममा बनाइदिएको कागजातका आधारमा भट्टराईले आफुलाई मेयर सिंहको श्रीमती दाबी गरेकी छिन् । 

यसअघि भएको किर्ते लुकाउन मेयर सिंहले एक पछि अर्को किर्ते गरिरहँदा सरकारी निकायले। ‘फौजदारी कसुर गरेका मेयर सिंहलाई ऐन अनुसार तत्काल पक्राऊ गरेर अनुसन्धान गर्नुपर्ने थियो तर उन्मुक्ति दिएर प्रमाणहरू नष्ट गर्न सरकार नै लागिरहेको छ ।  

मेयर सिंहले नैतिकताको आधारमा पदबाट राजिनामा दिएर छानबिनमा सहयोग गर्नुपर्नेमा गृह मन्त्रालयको टोली समक्ष दोस्रो श्रीमती समेत रहेको बयानमा स्विकार्नु योजना अनुसार नै होला। अझ मेयरले दोस्रो भनिएकी श्रीमतीबाटै छोडपत्रको निवेदन दिन लगाउनु हाँस्यास्पद भएको स्थानीयहरुले चर्चा परिचर्चा गर्न थालेका छन्।

यस्तै वीरगंज महानगरपालिका राजेशमान सिंह र श्रीमती भनिएकी रिता भट्टराईबीच कुनैपनि विवाह दर्ता वा कागजातहरूमा कहिँकतै नाम प्रमाणहरू देखिएको छैन। किर्ते जोगाउन अदालतबाट छोडपत्र गराएपछि मेयर सिंहको श्रीमती भनेर रिता भट्टराई प्रमाणित भएपछि फौजदारी कसुर नलाग्ने आधारमा मेयर सिंहले कानुनबाट बच्न छोडपत्र गराउन लागेको आकलन समेत गर्न थालिएको छ। 

किर्ते गरेका मेयरलाई पक्राउ नगरी बचाउमा लागेको भन्दै पर्सा स्थानीय प्रशासनको सडक देखि सदनसम्म आलोचना भइरहेको बेला तर, जिल्ला प्रशासन कार्यालयका प्रमुख दिनेश सागर भुषाल गृह मन्त्रालयबाट छानबिन भइहेको भन्दै पन्छिन खोज्दै छन । ‘हामी भन्दा माथिल्लो निकायले अनुसन्धान गरिरहेकाले उहाँहरूले केही न केही गरिहाल्नु हुन्छ भनेर गैरजिम्मेवार जवाफ् दिन थालेका छन् ।

बिरगंजका मेयर राजेशमानको किर्ते नागरिकता काण्ड सार्वजनिक भएपछि मेयर सिंहमाथि गृह मन्त्रालयको छानबिन चलिरहेको अवस्था छ।