पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

भारतद्वारा तीन महिनाको लागि मात्रै बिद्युत आयातको अनुमति नवीकरण

२०८० चैत्र १५, बिहीबार २१:२६ बजे

काठमाडाैं- भारतले तीन महिनाको लागि मात्रै बिजुली आयातको अनुमति नवीकरण गरेको छ।

ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहका अनुसार आगामी जुन सम्मको लागि आयात अनुमति नवीकरण भएको हो।

उनका अनुसार ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनबाट ५ सय मेगावाट र टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट बिजुली ल्याउने अनुमति दिएको हो ।

पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्त छ । सोही अनुसार भारतको प्रतिस्पर्धी बजारबाट विद्युत् आयात गर्ने अनुमति नेपालले हरेक वर्ष नवीकरण गर्दै आएको छ । यसपालि तीन महिनादेखि ताकेता गर्दा पनि भारतले नवीकरण गरेको थिएन । हरेक वर्ष एक आर्थिक वर्षभरको लागि अनुमति नवीकरण हुँदै आए पनि यसपटक भारतले तीन महिनाको लागि मात्रै गरेको छ ।

इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे(अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गर्दै नेपालले बिजुली खरिद गर्दै आएको छ । जसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । यो बजारमा भाग लिन २०७८ वैशाखमा नेपालले अनुमति पाएको थियो ।