पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

इलाम- २ मा काँग्रेसको अग्रता कायमै

२०८१ वैशाख १६, आइतवार १६:२८ बजे

इलाम- इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ । 

प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ११५५ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १०६३ मत प्राप्त गरेका छन् । 

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३१३ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले २११ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगले अहिलेसम्म गणना गरिएका २७९७ मत सदर भएको जनाएको छ ।