पाठशाला न्यूज
 २०८१ बैशाख १९, बुधबार    

अण्डर सिक्सटिन महिला साफ च्याम्पियनशिप : नेपाल आज भारतसँग खेल्दै

२०८० फाल्गुन २४, बिहीबार ०८:३५ बजे

काठमाडौं : अण्डर सिक्सटिन महिला साफ च्याम्पियनशिपमा आज नेपालले भारतसँग खेल्दैछ । फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा हुनेछ ।
फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ । बंगलादेश लगातार दुई खेल जित्दै फाइनलमा पुगिसकेको छ । ३ अङ्क भएको भारत दोस्रो स्थानमा र समान अङ्क भएको नेपाल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । दुवै खेल हारेको भुटान अङ्कविहीन हुँदै बाहिरिसकेको छ । फाइनल खेल आगामी आइतवार हुनेछ ।
यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भएको हो । प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेश सहभागी छन् ।