पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

त्रिकोणात्मक श्रृङ्खला : नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने

२०८० फाल्गुण २७, आइतवार ०८:५१ बजे

काठमाडौं : त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेलमा हङकङसँग खेल्दै छ । खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ ।
नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ । मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
यसअघि शनिबारे हङकङसँगको मैत्रिपूर्ण टी–२० आई क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ ।
बिहीबार हङकङ गएको नेपालीटोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् ।