पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

इंग्लिस प्रिमियर लिगमा टोटेनहममाथि आर्सनलको जित

२०८१ वैशाख १६, आइतवार २१:५५ बजे

एजेन्सी- आर्सनलले आइतबार भएको खेलमा शीर्ष पाँचको टोटनहमलाई ३–२ ले हराएपछि इंग्लिस प्रिमियर लिगमा आफ्नो विजय यात्रालाई जारी राखेको छ ।

खेलमा ३–० ले पछि परेरपनि टोटेनहम २ गोल फर्काउन सफल भएको थियो । यद्दपी टोली राबरी गर्न भने असफल रह्यो । आर्सनलको जितमा बुकायो साका, काइ हार्भेट्जले गोल गरे । एक गोल आत्मघाती गोल भएको थियो । टोटनहमका लागि क्रिस्टियन रोमेरो र सन हुग मिनले गोल गरे।

पिरि इमलीको आत्मघाती गोलमा आर्सनलले १५ औं मिनेटले अग्रता लियो । साकाले २७ औं र हार्भेट्जले ३८ औं मिनेटमा गोल गर्दा आर्सनलले पहिलो हाफमै ३–० को अग्रता बनायो । ६४ औं मिनेटमा रोमेरोले गोल गर्दै अन्तर घटाए । मिनले ८७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई खेलमा फर्काउ प्रयास गरे। तर टोली बराबरी गोल गर्न सफल भएनन् ।

३५ खेलमा २५ जित ५ बराबर र ५ हारको आर्सनल ८० अंकका साथ शीर्षस्थानमा कायम छ । पाँचौं स्थानमा रहेको टोटेनहमको ६० अंक छ । तेस्रो स्थानको लिभरपुलको ७५ र चौथो स्थानको एस्टन भिल्लाको ६७ अंक छ ।

२ खेल कम खेलेको म्यानचेस्टर सिटी ७६ अंकसहित दोस्रो स्थानमा छ ।