पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

भ्रष्टाचारको मुद्दामा मेयर यादवलाई ३ बर्ष कैद, १५ लाख जरिवाना

२०८० आश्विन २४, बुधवार २१:२६ बजे

रौतहट- लालबकैया नदीको ठेक्कासम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाली कांग्रेसका उम्मेदवार भई विजयी भएका तत्कालीन रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव दोषी ठहर भएका छन् । उनि बिरुद्ध २०७९ सालमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो। 

भ्रष्टाचारमा दोषी ठहर भएपछि मेयर यादवलाई बुधबार ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना तोकिको छ। विशेष अदालतले कसूर ठहर्याएपछि बुधबार सजाय सुनाएको हो ।

न्यायाधीश श्रीकान्त पौडेल र न्यायाधीश खुसीप्रसाद थारुको संयुक्त इजलासले यादवलाई मंगलवार दोषी ठहर गरेको थियो । विशेष अदालतका सूचना अधिकारी धनबहादुर अधिकारीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधिहरु सहित २१ जनालाई प्रतिवादी बनाएको भएपनि यादव मात्र दोषी ठहर भएका थिए । 

उक्त मुद्दामा उपमेयर कान्तिदेवी, तत्कालीन वडाध्यक्षहरू भविछन राय, सञ्जयप्रसाद शेख, एजाज अहमद, दीपनारायण साह, उमाश‌ंकर साहलगायत २१ जनालाई प्रतिवादी बनाइएको थियो ।

यादव गत स्थानीय निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका थिए ।