पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

जसपा नेपालको सरकारबाट बाहिरिने तयारी

२०८१ वैशाख ३०, आइतवार १७:२८ बजे

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारबाट बाहिरने तयारी गरेको छ । माओवादी केन्द्रले मधेश सरकार छोडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड्ने तयारी गरेको हो ।

जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने विषयमा छलफल गर्न अहिले बैठक बसिरहेका छन् ।

यादवले आजै प्रधानमन्त्री र एमाले अध्यक्षसँग छलफल समेत गरेका थिए । छलफल सकारात्मक नभएसँगै माओवादी केन्द्रले आजै मधेशको सरकार छोडेको छ भने एमालेले पनि मधेशको सरकार छोड्ने तयारी गरेको छ ।

माओवादी केन्द्रले सरकार छोडेसँगै मधेश प्रदेशको जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

जसपा नेपालका प्रतिनिधिसभामा ५ सांसद रहेका छन् ।