पाठशाला न्यूज
 २०८१ बैशाख १२, बुधबार    

सहमति पछि गैंडाटारवासीले अनसन तोडे

२०८० जेठ २०, शनिबार १०:४० बजे

रौतहट–गैडाटार बासीले बिगत केहिदिन देखि गर्दे आएको रिले अनसन सहमति पछि शुक्रबारबाट तोडेको छ ।
रौतहटको चन्द्रनिगापुर – गैडाटार सडकखण्डमा पर्ने चादी नदीमा निर्माणधिन पुल समयमा नबन्ने भएपछि स्थानियले गत जेठ १४ गतेबाट सोही पुलको मुनि अनसन शुरु गरेका थिए । शुक्रबार पुल निर्माण संघर्ष समिति , रौतहट क्षेत्र नम्बर ४ प्रतिनिधि सभाका सदस्य सांसद देब प्रसाद तिमल्सिना,सडक डिभिजन प्रमुख दारोगा प्रसाद,नेकपा एमालेका केन्द्रिय सदस्य उद्वव प्रसाद रेग्मी , वडा अध्यक्ष बोधनाथ देवकोटा लगायत स्थानियहरुको रोहबरमा छलफल भएको थियो ।

सो छलफलमा सहमति भएसंगै शुक्रबारबाटै स्थानियले अनसन तोडेको हुन । सो पुल निर्माणमा बाकी रहेकम स्पानहरुको पुसको पहिलो हप्तासम्म सम्पन्न गर्ने गरि अन्तिम पटक सहमती भएको संघर्ष समितिका संयोजक गोविन्द तिमल्सिनाले बताएका छन् ।
बाकी रहेका स्पान ११ को गिर्डर तथा स्लाप ढलान असार १० गतेभित्र,स्पान नम्बर ३ को गिर्डर तथा स्लाप ढलान भाद्र पहिला हप्ताभित्र,स्पान नम्बर २ को गिर्डर तथा स्लाप ढलान कार्तिक मसान्तभित्र र स्पान नम्बर १ को गिर्डर तथा स्लाप ढलान पुस पहिलो हप्ताभित्र सम्पन्न गर्ने सहमति भएको जनाइएको छ ।

यो सहमति भएपनि तत्कालका लागि अनसन तोडेको स्थानियले बताएका छन । सहमतिमा ताोकिए अनुसार निर्माण सम्पन्न नभएका अझ कडाईका साथ संघर्षका कार्यक्रमहरु गर्ने स्थानियले बताएका छन ।