पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कृति राम्रो होईन : प्रधानमन्त्री

२०८० श्रावण १२, शुक्रवार १६:१० बजे

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका छन् ।
इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसित उनले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको र मन्त्रीहरुलाई स्पष्टीकरण राख्न दिनुपर्ने बताए ।
‘स्पष्टीकरण राम्रोसँग दिने मौका पनि नदिकन राजीनामा दिने भए देउ नत्र सदन चल्न दिदैनौं भनेर पहिल्यै घोषणा गर्ने कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन,’ उनले भने ।