पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

पेटमा बाँधेर एक किलो सुन बोकेका युवा सिन्धुपाल्चोकबाट पक्राउ

२०८० फाल्गुन २९, मंगलबार १५:१८ बजे

काठमाडौं- सिन्धुपाल्चोकबाट १ किलो सुनसहित एक जना पक्राउ परेका छन्।

सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका–३ खुर्सानीबारीबाट १ किलो सुनसहित भोटेकोशी गाउँपालिका–५ मार्मिङ बस्ने २३ वर्षीय थारचेन तेम्बा तामाङ पक्राउ परेका हुन्।

उनलाई सिन्धुपाल्चोक प्रहरीले सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले भे ११ प ५५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङले पेटमा बाँधी लुकाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो।