पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

गौरका मेयर शम्भु साह सम्मानित

२०८० चैत्र १९, सोमबार २०:३६ बजे

रौतहट- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गौर नगरपालिकाका मेयर शम्भु साहलाई सम्मानित गरेको छ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा संघीय राजधानी काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमबीच मेयर साहलाई सम्मान पत्रसहित कदर पत्रले सम्मानित गरिएको हो।

आर्थिक वर्ष २०७९–०८० मा हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत आम औषधी सेवन अभियानको वार्षिक समिक्षामा गौर नगरपालिका उत्कृष्ट कार्य सम्पादन गरेकोमा सम्मानित गरिएको जनाइएको छ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत आम औषधी सेवन अभियानको वार्षिक समिक्षाको अवसरमा गौर नगरपालिकाले आर्थिक वर्ष २०७९–०८० मा  उत्कृष्ट कार्य सम्पादन गरे वापत सम्मानित गरिएको गौर नगरपालिकाको मेयर साहले जानकारी दिएका छन्।