पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

सिया प्यालेस प्रहरीको छापा,७ जना पक्राउ

२०८० आश्विन १४, आइतवार ०९:२३ बजे

रौतहट–रौतहटको गौर स्थित सिया प्यालेस होटेलमा अश्लिल नृत्य भइरहदा प्रहरीले शुक्रवार राति छापा मारेर केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएका छन् ।
गौर नगरपालिका वडा नम्वर ५ स्थित सिया प्यालेस होटेलको सभाकक्षमा टिकटकमा नृत्य गर्ने महिला र पुरुषहरुले अश्लिलता फैलाएको भन्दै केही मानिसहरुले प्रहरीलाई खवर गर्दा राति साढे ११ बजे प्रहरीले होटलमा छापा मार्दा केही मानिसहरुलाई नियन्त्रणमा लिएका हुन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले गएराति होटलमा जाँडरक्सी खाएर हो–हल्ला तथा अशान्ति फैलाउने सात जना व्यक्तिलाई नियन्त्रणमा लिएको बताए ।
श्रोतका अनुसार विश्व हेल्थ अर्गनाइजेशन (डब्लुएचओ) ले विउविजन विक्री गर्ने विक्रेताहरुको लागि तालिम संचालन गरेका थिए । सोही क्रममा केही टिकटक स्टारहरुलाई राखेर नृत्य प्रोग्राम गराइएर राति ११ बजे उक्त कार्यक्रम सम्पन्न भए पनि मादक पदार्थ सेवनबाट मात्तिएका केही स्थानीयहरु गेष्ट सुतेका कोठाहरुको ढोका फुटाल्न खोज्दा गेष्टले नै फोन गरेर प्रहरीलाई बोलाएको थियो ।
सिया प्यालेस होटलका म्यानेजर चन्दन झाले डब्लुएचओको कार्यक्रम केही दिन देखि संचालनमा रहेका थिए । तिनीहरुलाई मोटिभेशन गर्नका लागि नृत्य प्रस्तुत गरिएको तर स्थानीयहरु रातिको समयमा होटेलमा प्रवेश गरेर उत्पात मचाउन सुरु गरेपछि प्रहरीले तिनीहरुलाई पक्राउ गरिएको बताएका छन् ।