पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

उपनिर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने

२०८१ बैशाख १२, बुधबार ०८:१३ बजे

काठमाडौं-  वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । 

प्रतिनिधि सभा इलाम क्षेत्र नं २ र बझाङ–१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन । 

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि कसैले पनि उम्मेदवार वा राजनीतिक दलका बारेमा प्रचारप्रसार गर्न पाइँदैन ।

वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरेको जनाएको छ ।